भारतमा कोराेनाबाट मृत्यु हुनेको संख्या १ लाख ५३ हजार नाघ्यो

भारतमा कोराेनाबाट मृत्यु हुनेको संख्या १ लाख ५३ हजार नाघ्यो

भारतमा कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५३ हजार ३२ जना पुगेको छ । गत २४ घण्टामा  १६३ जना संक्रमितको मृ’त्यु भएकाे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा मङ्गलबारसम्म सङ्क्रमितको सङ्ख्या एक करोड छ लाख २५ हजारभन्दा बढी पुगेको छ । पछिल्लाे २४ घण्टामा मात्रै  १४ हजार ५४५ नयाँ सङ्क्रमित फेला परेका छन् । 

मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड दुई लाख ८३ हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा एक लाख ८८ हजार ६८८ जना सक्रिय सङ्क्रमित रहेका छन् । भारतमा एक साता अघिदेखि कोभिड –१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि हालसम्म १० लाख व्यक्तिले खोप लगाइसेकेका छन् ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बिहीबारसम्म देशभर १९ करोड १४ लाख ४८ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । बुधबार एकै दिनमा मात्र आठ लाख २४२ जनाको कोभिड¬–१९ परीक्षण गरेको जनाइएको छ । –सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *