चन्द्रागिरि हिल्सको आईपीओ बाँडफाँट: हेर्नुहाेस् नतिजा

चन्द्रागिरि हिल्सको आईपीओ बाँडफाँट: हेर्नुहाेस् नतिजा

सर्वसाधारणलाई निष्काशन गरेको चन्द्रगिरी हिल्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। शुक्रबार कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।

बिक्री प्रवन्धक क्यापिटलका अनुसार १ लाख ३९ हजार ६०२ जनालाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ। त्यसबाट बाँकी रहेको २ कित्ता शेयर भाग्यमानी दुई आवेदकमा बाँडफाँट गरिएको छ। अर्थात भाग्यमानी दुई जनाले ११ कित्ता शेयर प्राप्त गर्न भएका छन्।

आईपीओमा आवेदन दिएका मध्ये १२ लाख ११ हजार ११५ जनाकोमात्रै आवेदन स्वीकृत भएको क्यापिटलले जनाएको छ । यसको अर्थ ४० हजार भन्दा धेरै आवेदकको आवेदन रद्द भएको छ । जसमा योग्य आवेदकहरु मध्येबाट १ लाख ३९ हजार ६०० जनाले मात्रै १० कित्ताका दरले शेयर पाउएका छन्। बाँकी १० लाख ७१ हजार ५१५ जनाको खालि भएको छ।

कम्पनीले पुस २४ गतेदेखि प्रति कित्ता एक सय अंकित मूल्यको दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता शेयर बिक्रीमा ल्याएको थियो। त्यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको छ। बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँट गरेको हो।

 नतिजा यहाँबाट हेर्न सकिनेछ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *