चन्द्रागिरी हिल्सको आइपीओ शुक्रबार बिहान बाँडफाँट हुने

चन्द्रागिरी हिल्सको आइपीओ शुक्रबार बिहान बाँडफाँट हुने

काठमाडौं : चन्द्रगिरी हिल्स लिमिटेडको आइपीओ शुक्रबार (माघ ९ गते) बाँडफाँट हुने भएको छ । आइपीओ शुक्रबार बिहान १० बजे आइपीओ बाँडफाँड हुने कार्यक्रम तय भएको बिक्री प्रबन्धक रहेकाे ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको छ ।

 कम्पनीको आइपीओ प्रि– अलोटमेन्ट बुधबार (माघ ७ गते) नै सम्पन्न भइसकेको छ ।  कम्पनीले पुस २४ गतेदेखि सर्वसाधारणको आईपीओ बिक्रि खुला गरेको थियो । कम्पनीले एक सय रुपैयाँका दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्काशन गरेको हो ।

आईपीओमा आवेदन दिएका मध्ये १२ लाख ११ हजार ११५ जनाकोमात्रै आवेदन स्वीकृत भएको क्यापिटलले जनाएको छ । यसको अर्थ ४० हजार भन्दा धेरै आवेदकको आवेदन रद्द भएको छ । यसआधारमा सर्वसाधारणलाई बिक्री गरिएको १३ लाख ९६ हजार २२ कित्तालाई आधार मान्दा १ लाख ३९ हजार ६०२ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । १० लाख ७१ हजार ५१३ जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *