रुपान्तरण कक्षाका साथी शिक्षक हरुलाइ जिबन उपयोगी सीप बारे दस दिने तालीमको समापन

रुपान्तरण कक्षाका साथी शिक्षक हरुलाइ जिबन उपयोगी सीप बारे दस दिने तालीमको समापन

रुपान्तरण कक्षाका साथी शिक्षक हरुलाइ जिबन उपयोगी सीप बारे दस दिने तालीमको मंगलसेनमा समापन गरिएको  छ।                                       वर्ल्ड भिजन इन्टरनेसनल नेपाल को आर्थिक सहयोग र आस्था नेपालको आयोजनामा तालिम सञ्चालन भएको थियो। आस्था नेपाल र वर्ल्ड भिजनको साझेदारीमा सञ्चालित बाल स्पोनसरसीप तथा बाल संरक्षण परियोजना अन्तर्गत प्रत्येक शनिबार सञ्चालन हुने रुपान्तरण कक्षाका साथीहरूलाई जिबन उपयोगी सिपहरुको बारेमा तालीम दिएको र उनी हरुले गाउँ फर्केर समाजमा जरा गाडेर बसेका सामाजिक बिकृती,बिसंङ्गती,बाल बिबाह,लैङ्गकि हिंसा, जातीय भेदभाव, छुवाछूत छाउपडी प्रथा महिला हिंसा र घरेलु हिंसा जस्ता सामाजिक बिकृती हरु अन्त्य गर्नको लागि रुपान्तरण कक्षाका सहभागी लाई सिकाउने र समुदायका मानिस हरु लाइ जनचेतना फैलाएर समाजको रुपान्तरण गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको थियो। आस्था नेपालका जिल्ला प्रबन्धक रुपक चन्द ले पौष २६ गते औपचारिक रुपमा उद्घाटन गरेको तालिमको आज आस्था नेपालका जिल्ला अध्यक्ष निर्मला रावलले सम्पुर्ण सहभागी र सहयोगी मन हरुलाइ धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नुभएको हो।   उक्त समापन कार्यक्रममा वर्ल्ड भिजनका सुरज शर्मा र आस्था नेपालका जिल्ला प्रबन्धक रुपक चन्द लगायत मेल्लेख गाउँ पालिका वडा नम्बर १,२,३,४,५,६,७ कमल बजार नगरपालिका का वडा नम्बर २,३,४,५ र पञ्चदेवल बिनायक नगरपालिका का ६र ७नम्बरमा सञ्चालन हुने रुपान्तरण कक्षाका साथी शिक्षक हरु सहभागी रहेको थियो भने उक्त तालिमा परामर्श दाता एन एन फाउन्डेसन झापाका प्रशिक्षक द्वया बिन्जु बराल र मन्दिप सुरिले तालिमको सहजीकरण गरि राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *