तिमिल्सैनमा खानेपानी उपलब्ध गराउनको लागी डिप बोरिङ सुरु

तिमिल्सैनमा खानेपानी उपलब्ध गराउनको लागी डिप बोरिङ सुरु

माघ ५,अछाम :सुदुरपश्चिम् प्रदेशको आर्थिक सहयोग तथा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय राजपुर डोटी मार्फत बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ४ तिमिल्सैनमा खानेपानी उपलब्ध गराउनको लागी डिप बोरिङ सुरु गरेको छ ।

१५ लाख रुपैयाँ लगानीमा डिप बोरिङ गरि स्वच्छ खानेपानी उपलब्ध गराउनको लागी बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष कर्ण बहादुर ठकुल्लाले शिलान्यास गर्नुभएको हो ।

शिलान्यास कार्यक्रममा बोल्दै वडा अध्यक्ष ठकुल्लाले वडा खानेपानीको निकै समस्या रहेको यस ठाउँका नागरिकहरुलाई स्वच्छ खानेपानीको सहज आपुर्तिको लागी बोरिङको काम सुरु गरेको बताउनुभएको छ ।

खानेपानीको चरम अभाब झेल्दै आएका नगरका नागरिकहरुलाई सहज रुपले खानेपानी सेवा उपलब्ध गराउनको लागी वडाले बोरिङको सहायता लिएको हो ।

नेपाल हाइड्रो कन्स्ट्रक्सन कम्पनी प्रालि उक्त कामको जिम्मा पाएको छ ।

निकट भविस्यमै बृहत खानेपानी आयोजनाको रूपमा एक घर ,एक धारा बनाउने उदेश्यका साथ क्रमागत रूपमा ३० लाख छुट्याइएको अध्यक्ष ठकुल्लाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *