परराष्ट्रमन्त्री ज्ञवाली भारत प्रस्थान

परराष्ट्रमन्त्री ज्ञवाली भारत प्रस्थान

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली छिमेकि मुलुक भारत प्रस्थान गरेका छन् । भारतीय समकक्षी एस जयशंकरको औपचारिक निमन्त्रणमा मन्त्री ज्ञवाली बिहिबार भारत गएका हुन् । ज्ञवाली तीन दिने नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुने छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त आयोगको बैठकमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका साथै व्यापार, ऊर्जा, सीमा, पारवहन, कोभिड–१९ सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन लगायतका विषयमा छलफल हुनेछ ।

भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले उच्चस्तरीय राजनीतिक भेटवार्ताहरु पनि गर्ने भनिएको छ । मन्त्रीको भ्रमण टोलीमा परराष्ट्र सचिव, स्वास्थ्य सचिव लगायतका अधिकारी पनि रहनेछन् । मन्त्री ज्ञवाली शनिबार स्वदेश फर्किनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *