रुपान्तरण कक्षाका साथी शिक्षक हरुलाइ दस दिने तालीम सुरु

रुपान्तरण कक्षाका साथी शिक्षक हरुलाइ दस दिने तालीम सुरु

अछामको मंगलसेनमा रुपान्तरण कक्षाका साथी शिक्षक हरुलाइ दस दिने तालीम सुरु भएको छ।

वर्ल्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोग र आस्था नेपालको आयोजनामा तालिम सञ्चालन भएको हो।

आस्था नेपाल र वर्ल्ड भिजन को साझेदारीमा सञ्चालित बाल स्पोनसरसीप तथा बाल संरक्षण परियोजना अन्तर्गत प्रत्येक शनिबार सञ्चालन हुने रुपान्तरण कक्षाका साथीहरूलाई जिबन उपयोगी सिपहरुको बारेमा तालिम दिने र उनिहरु ले गएर रुपान्तरण कक्षा मा सहभागी हुने भाइ बहिनी हरु लाई गएर सिकाउने उद्देश्यले तालिम सञ्चालन गरिएको छ।

आस्था नेपालका जिल्ला प्रबन्धक रुपक चन्दले औपचारिक रुपमा सञ्चालन  गरेको तालिममा मेल्लेख गाउँ पालिका वडा नम्बर१,२,३,४,५,६,७ कमलबजार नगरपालिकाका वडा नम्बर२,३,४,५ र पञ्चदेवल बिनायक नगरपालिका का ६ र ७ नम्बरमा सञ्चालन हुने रुपान्तरण कक्षाका साथी शिक्षक हरु सहभागी रहने छ भने उक्त तालिमा परामर्श दाता N.N फाउन्डेसन झापाका प्रशिक्षक द्वय बिन्जु बराल र मन्दिप सुरिले तालिमको सहजीकरण गरिराखेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *