युट्युबद्वारा ट्रम्पको च्यानल निलम्बन

युट्युबद्वारा ट्रम्पको च्यानल निलम्बन

युट्युबले अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्पको च्यानललाई निलम्बन गरेकाे छ । ट्वीटर र फेसबुकपछि गूगलको स्वामित्वमा रहेको युट्युबले एक साताका लागि ट्रम्पको च्यानललाई निलम्बन गरेकाे निलम्बन गरिदिएको जनाएको छ । साथै आफ्नो नीति विपरीत हिं’सा भ’ड्काउने किसिमको उ’त्तेजक सामग्री पोस्ट गरेको जनाउँदै युट्युबले ती सामग्री पनि ह’टाइदिएको छ ।

गत साता अमेरिकी संसद क्यापिटोलमा भएको ट्रम्प समर्थकको आक्रमणपछि ट्वीटर र फेसबुकले ट्रम्पका निजी खाता (अकाउन्ट) बन्द गरिदिएका छन् । अमेरिकी ठूला प्रविधि कम्पनीहरुले राष्ट्रपति निर्वाचित जो बाइडेन विरुद्ध राष्ट्रपति ट्रम्पले चुनावमा धाँधली गरेको भन्दै आधारहीन आ’रोप लगाएको भन्दै वि’रोध पनि गरेका छन् ।

युट्युबले एक वक्तव्य जारी गर्दै भनेको छ, “हिं’सा भ’ड्किने सम्भावना अझै देखिएको सन्दर्भमा हामीले डोनाल्ड ट्रम्पको युट्युब च्यानलमा पोस्ट गरिएका सामग्री ह’टाइएको छ ।”

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *