ट्रम्पकाे समर्थकमा भएकाे हिं’सामा चारजनाको मृ’त्यु

ट्रम्पकाे समर्थकमा भएकाे हिं’सामा चारजनाको मृ’त्यु

अमेरिकामा भएको हिं’साको क्रममा चारजनाको मृ’त्यु भएको छ । वासिङ्टन डीसी प्रहरीका अनुसार यी चारजनामध्ये एक महिलाको मृत्यु प्रहरीको गोली लागेको कारण भएको हो भने अन्य तीनजनाको ‘मेडिकल इमर्जेन्सी’ का कारण मृत्यु भएको हो ।

वासिङ्टन प्रहरीले अहिलेसम्म ५२ जनालाई प’क्राउ गरिसकेको छ जसमध्ये ४७ जनालाई कर्फ्यू तो’डेको आ’रोपमा प’क्राउ गरिएको छ । वासिङ्टनमा भएको हिं’साको क्रममा मा’रिएकी महिलाको स्थानीय प्रहरीको पहिचान गरेको छ । मृ’तकको नाम एशली ब्याबिट रहेको र उनी स्यान डियगोकी बासिन्दा बताइएको छ ।

अमेरिकी मिडियाका अनुसार एशली अमेरिकी वायुसेनाकी सदस्यसमेत रहेकी थिइन् । रिपोर्टका अनुसार एशलीलाई संसद भवन छिर्ने क्रममा गो’ली लागेको हो । गो’ली लागेपछि एशलीलाई अस्पताल लैजाने कोसिस गरिएको थियो तर उनको बाटोमा नै मृ’त्यु भयो ।

फक्स न्यूजले एशलीकी सासुसँग कुरा गरेको दाबी गरेको छ । उनका अनुसार उनी ट्रम्पकी पक्की समर्थक थिइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *