सुनकाे मुल्य बढ्याे

सुनकाे मुल्य बढ्याे

सोमबार सुनको मूल्य ताेलामा ८०० रुपयाँले बढेको छ । आइतबार तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार बढेर तोलामा ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सोमबार तेजावी सुन तोलामा ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य पनि बढेको छ ।
आइतबार तोलामा १३०० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर तोलामा १३२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *