भारतीय सेनामा महिलालाई पनि पुरुष सरह सुविधा

भारतीय सेनामा महिलालाई पनि पुरुष सरह सुविधा

सेनामा महिलाले पनि पुरुष सरह ‘कमा’ण्डर’को रुपमा सेवा गर्नसक्ने फै’सला भारतको उच्च अ’दालतले गरेको छ । पुरुष सिपाहीहरु महिला अधिकृतहरुको आदेश पालना गर्न तयार नभएको सरकारको अडानलाई खारेज गर्दै यहाँको अ’दालतले सोमबार महिलाको पक्षमा फै’सला गरिदिएको हो । अदालतको यस फै’सलासँगै भारतीय सेनामा पुरुष अधिकृतहरुको प्रभुत्व कमजोर हुने र महिलाहरुलाई राहत मिलेको छ ।

दालतको फै’सला अनुसार अब भारतीय सेनामा महिला अधिकृतले पनि पुरुष समकक्षी सरह नै सुविधा पाउने छन् । खासगरी प्रोमोसन, वरियताक्रम, पेन्सन लगायत विषयमा महिला र पुरुष अधिकृतका लागि पुरानो विभेदकारी मापदण्ड अब फेरिएको हो । हालसम्म भारतीय सेनामा महिलाहरुले १४ वर्ष मात्रै सेवा गर्न पाउने कानुन थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *