अन्तिमपटक पर्दामा देखिने छन् इरफान खान, फिल्मको पोस्टर बाहिरियो

अन्तिमपटक पर्दामा देखिने छन् इरफान खान, फिल्मको पोस्टर बाहिरियो

बलिउडका महान हस्ती इरफान खानको अन्तिम फिल्म २०२१ मा प्रदर्शन हुने तयारीमा छ। इरफान अभिनित उक्त फिल्मको नाम `द सङ्ग अफ स्कार्पियो´ राखिएको छ। वास्तवमा यो फिल्म लामो समयदेखि थन्काएर राखिएको थियो। अन्ततः निर्माण टिमले फिल्मलाई प्रदर्शन गर्ने निर्णय लिएको छ।

तीन वर्ष पहिले स्वीजरल्यान्डको लोकार्नो फिल्म फेस्टिवलमा प्रीमियर गरिएको यो फिल्म २०२१ मा प्रदर्शन गर्न थालिएको हो। ट्रेड एनालिस्ट तरण आदर्शले यस फिल्म प्रदर्शनको घोषणा गरेका छन्। उनले फिल्मको मोशन पोस्टर सेयर गर्दै लेखेका छन्, “इरफानको अन्तिम फिल्म…#TheSongOfScorpions…२०२१ मा प्रदर्शन हुने छ। फिल्म अनुप सिंहको निर्देशनमा बनेको छ।”

जानकारीका लागि, `द सङ्ग अफ स्कार्पियो´ फिल्मको कथावस्तु एउटी आदिवासी महिला नुरनमाथि आधारित छ। जो बिच्छीको जहर निकाल्ने काम गर्दछिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *