हालसम्मकै ठूलो आईपीओले पायो निष्काशनको अनुमति, कहिले खुल्छ ?

हालसम्मकै ठूलो आईपीओले पायो निष्काशनको अनुमति,  कहिले खुल्छ ?

काठमाडौं :  हालसम्मकै ठूलो आईपीओ निष्काशनगर्न लागेको  नेपाल इन्फ्रास्ट्रक्चर बैंकले धितोपत्र बोर्डबाट प्रारम्भिक सार्वजनिक (आईपीओ) निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले पुस १० गते कम्पनीलाई आईपीओ निष्कासन अनुमति दिएको हो ।

बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्काशन गर्नेछ । मंसिर ३ गते बसेको साधारणसभाबाट आईपीओ निष्काशनको प्रस्ताव पारित गरेको थियो । आइपीओमा प्रत्याभूतकर्ताको काम नागरिक लगानी कोषले गर्नेछ भने शेयर निष्काशन तथा तथा बिक्री प्रवन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल सरकारको समेत लगानी रहेको नेपाल इन्फ्रास्ट्रचर बैंक नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो भने बैंकले जारी गर्न लागेको यो सार्वजनिक निष्काशन पनि हालसम्मकै ठूलो हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *