खजूर खायो भने यति धेरै फाइदा, पढ्नुहोस

खजूर खायो भने यति धेरै फाइदा, पढ्नुहोस

हामीले खजुरकाे बारेमा त थाहा पाएका छाै हाेला । यो स्वास्थ्यका हिसाबले खजूर पौष्टिक फल निकै लाभदायक छ। खजूरमा आइरन क्याल्सियम, पोटासियम आदि पोषक तत्व भरपुर पाइन्छ । बिशेस गरेर केहिले होस् या केहि कमाउन विदेश गएका आफन्तहरुले कोशेली ल्याइदिने खजुर सबैलाई मन नै पर्छ । उशो त खजुर बजारमा पनि पाइन्छ । सहरतिर त बजारमै किनेर खान्छन तर गाउँमा बाहिर गएका आफन्तले कोशेली ल्याइदिन्छन् ।

खजूरलाई दुधमा भिजाएर खाँदा स्वास्थ्यलाई अझ धेरै फाइदा गर्छ । खजुरलाई हरेक बिहान नास्तासँग खान सकिन्छ । रक्तचापका बिरामीले भने चिकित्सकको सल्लाह अनुसार मात्रै खजूर खाँदा राम्रो हुन्छ । पाँच ओटा खजूरलाई एक गिलास दुधमा राखेर १० मिनेट मन्द रापमा धेरै बेरसम्म उमालेपछि त्यो दुधलाई पिउनाले शरीर सुसंगठित हुन्छ । जो कोहिलाई पनि लगातार पिसाब लाग्ने समस्या छ त्यस्ता व्यक्तिले दिनमा दुई ओटा खजूर खानाले समस्या समाधान हुन्छ ।

निकै फाइदा हुने खजुर गर्भवती महिलाले खानाले तागत आउँछ । साथै शरीरमा रगतको कमी हुन दिदैन । शरीरमा आलस्यता वा थकान लागेको बेला खजूर खाँदा शरीरमा उर्जा प्राप्त हुन्छ । कमजोर मुटु भएका बालबालिका राती डराउँछन भने उसलाई दुधमा खजूर मिसाएर बिहान बेलुका खुवाउँदा यस्तो समस्या हट्छ ।

यदि श्वासप्रश्वासमा समस्या छ भने खजूर खानाले यो सम’स्या कम हुन्छ । रुघाखोकीले बारम्बार सताउँछ भने केही दाना कालो मरिच, एक चम्चा घ्यू र एक चम्चा अलाइचीलाई उमालेर पिउँदा रुघाखोकी ठिक हुन्छ । यसरि नियमित रुपमा खजुर खाने हो भने स्वास्थ्यमा फाइदा नै फाइदा हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *