भारतमा बस बस दु’र्घटनामा, ६ नेपालीको मृ’त्यु

भारतमा बस बस दु'र्घटनामा, ६ नेपालीको मृ'त्यु

भारतमा बस दु’र्घटनामा परि ६ जना नेपालीको मृ’त्यु भएको छ । ३५ दिने तीर्थाटनका लागि भारतस्थित विभिन्न शक्तिपीठहरूको दर्शन गर्न गएका नेपाली तीर्थयात्री चढेको बस सलेम बेंगलरु नेशनल हाइवेमा बिहीबार बिहान दु’र्घटना हुँदा ६ जनाको मृ’त्यु भएको भारतीय पत्रिका द हिन्दूले जनाएको छ ।

दु’र्घटनामा परी अन्य १८ जना घा’इते भएका छन् । उनीहरुको स्थानीय अस्पतालहरूमा उ’पचार भइरहेको बताइएको छ । प्रहरीका अनुसार बेंगलरुतर्फ जाँदै गरेका उनीहरू आराम गर्न एउटा मन्दिरनजिकै बस रोकेर बसेका थिए । मध्यरातमा बसले युटर्न लिन लाग्दा राजमार्गमा अर्को बससँग ठोक्किएर दु’र्घटना भएको हो ।

मृत्यु हुनेमा २ जना महिला तथा ४ जना पुरुष रहेका छन् । जसमध्ये ५६ वर्षका गोपाल तामाङ, ६० वर्षका विष्णु दाहाल, ४६ वर्षका वीरबहहादुर राई, ५० वर्षका टीकाराम र ५० वर्षकी बेलुकारी चौधरीको रहेका छन् भने अन्य दुईको नाम खुल्न नसकेको बताइएको छ । प्रहरीले दुवै बसका चालकलाई नियन्त्रणमा लिएको छ ।

३४ जनाकाे टोली फेब्रुअरी ६ अर्थात माघ २३ गते विभिन्न शक्तिपीठहरूको दर्शन गर्न भारततर्फ लागेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *