बेलायतमा पहिलाे कोरोना खोप ९० वर्षीया महिलालाई

बेलायतमा पहिलाे कोरोना खोप ९० वर्षीया महिलालाई

बेलायतले कोभिड-१९ विरुद्धको खोप अभियान सुरु गरेकाे  छ । फाइजर-बायोएनटेकले उत्पादन गरेको कोभिड-१९ विरुद्धको खोप ९० वर्षीया महिलाले लगाएर खोप अभियान सुरु भएको हो । जुन बेलायतकाे इतिहासमै सबैभन्दा ठूलो खोप अभियान  भएकाे बताइएकाे छ ।

बेलायतले फाइजर-बायोएनटेकले उत्पादन गरेको खोपलाई औपचारिक स्वीकृत गरी देशव्यापी अभियान चलाउने क्रममा ९० वर्षीया मार्गरेट कीनानलाई यो ऐतिहासिक खोप दिएर बेलायतमा खोप अभियानको औपचारिक सुरुवात गरिएकाे हाे ।

खोप पहिलो चरणमा ८० वर्षभन्दा बढी उमेर भएका, केएर होममा कार्यरत व्यक्तिहरु तथा स्वास्थ्य जोखिम उच्च रहेका स्वास्थ्यकर्मीलाई दिइने योजना बेलायत सरकारको छ ।

विश्वभर १५ लाखभन्दा बढी व्यक्तिको ज्यान लिइसकेको कोरोनाभाइरसबाट बेलायतमा पनि ६१ हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । बेलायतमा १६ लाख व्यक्ति कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।

प्रधानमन्त्री बोरिस जोन्सनले खोप अभियान कोभिड-१९ विरुद्ध बेलायतको पहिलो र ठूलो अभियान रहेको बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *