प्रभु लाइफकाे आइपीओ मंसिर २९ बाट खुल्दै

प्रभु लाइफकाे आइपीओ मंसिर २९ बाट खुल्दै

काठमाडौं : प्रभु लाइफ इन्सुरेन्सले आइपीओ बिक्री गर्ने मिति ताेकेकाे छ  । इन्सुरेन्सले मंसिर २९ गतेबाट  ६० लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।

६० लाख कित्तामध्ये ३ लाख कित्ता कर्मचारी र ३ लाख कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ भने बाँकी ५४ लाख कित्ताका रु १०० का दरले सर्वसाधारणका लागि आवेदन खुल्ला हुनेछ । आवेदन पुस २ गतेसम्म दिन सकिनेछ । उक्त समयमा सबै सेयर बिक्री नभएमा भने पुस १३ गतेसम्म भर्न सकिनेछ ।

लगानीकर्ताले  मेरो सेयरमार्फत १० कित्तादेखि ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ ।प्रभुलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी–आइआर बीबी प्लस’ रेटिङ दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *