नेकपा सचिवालय बैठक २ बजेलाई सारियो, प्रधानमन्त्री ओली पनि सहभागी हुने

नेकपा सचिवालय बैठक २ बजेलाई सारियो, प्रधानमन्त्री ओली पनि सहभागी हुने

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक दिउसो २ बजेलाई सारिएको छ । बैठकमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने भएका छन् । प्रधानमन्त्री ओलीपक्षीय नेता सुवासचन्द्र नेम्वाङले ओली आजको बैठकमा सहभागी हुने बताए ।

यसअघि बैठकमा सहभागी नहुने अडान लिए पनि प्रधानमन्त्री निवास बालुवाटारमा आफूपक्षीय नेताको बैठकपछि ओली बैठकमा सहभागी हुन राजी भएका हुन् ।

यसअघि बुधबार बिहान कार्यकारी अध्यक्ष प्रचण्ड पक्षीय नेताहरुको बैठक पनि खुमलटारमा बसेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *