टिकटकमा एकैदिनमा भाइरल भए ओली

टिकटकमा एकैदिनमा भाइरल भए ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकप्रिय भिडियो शेयरिङ एप ‘टिकटक’ मा खाता खोलेका हुन् ।

प्रधानमन्त्रीको @kpsharmaoli_official ह्याण्डल सञ्चालनमा आएको हो । उनको खाता ‘भेरिफाइड’ समेत भइसकेको छ ।

उक्त टिकटकमा अपलोड गरेको भिडियोलाई अहिलेसम्म १ लाख ६९ हजारभन्दा धेरैले हेरेका छन् । त्यो भिडियोलाई १२ हजार जनाले लाइक गर्दा दुई सयभन्दा बढी शेयर गरिएको छ ।

उक्त खातालाई अहिलेसम्म दुई हजार दुई सयभन्दा बढीले फलो गरेका छन् ।

प्रम ओलीको टिकटक एकाउन्टमा अहिले एउटा मात्रै भिडियो हालिएको छ । याे समाचार तयार पारिसक्दासम्म उक्त भिडियोको भ्युज १ लाख ४५ हजार बढी पुगिसकेको छ । २ सय ३९ कमेन्ट, र १२ सय बढी लाइक र २ सय बढी सेयर पुगिसकेको छ ।

‘मालपोत, विद्युत् महसुल, भन्सार महसुल, आन्तरिक राजश्‍व, सवारी चालक अनुपति पत्र र नवीकरण जस्ता नागरिकसँग प्रत्यक्ष जोडिएका सेवालाई एकीकृत सेवामा जोड्ने प्रक्रिया सुरु भएको छ । सरकारले राष्ट्रिय परिचयपत्रलाई सेवा प्रवाहको मूख्य आधार बनाउने गरी काम अघि बढाएको छ’, पहिलो टिकटक भिडियो सन्देशमा भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *