भारतलाई दोस्रो खेलमा पनि अष्ट्रेलियाले हरायाे

भारतलाई दोस्रो खेलमा पनि अष्ट्रेलियाले हरायाे

एकदिवसीय क्रिकेट सिरिजको दोस्रो खेलमा पनि भारत ५१ रनले पराजित भएकाे छ ।  घरेलु टोली अष्ट्रेलियाले दिएकाे  ३ सय ९० रनको विशाल लक्ष्य पछ्याएकाे भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै ३३८ रन मात्रै बनाउन सक्याे  ।

भारतका लागि ब्याटिङमा कप्तान विराट काेहलीले सर्वाधिक ८९ रन बनाए भने केएल राहुलले ७६, श्रेयस अय्यरले ३८, शिखर धवनले ३०, मयङ्क अग्रवालले २८, हार्दिक पाण्ड्याले २८ र रविन्द्र जडेजाले २४ रन बनाए । बलिङ तर्फ अष्ट्रेलियाका पेट कमिन्सले सर्वाधिक ३ विकेट लिए भने  एडम जम्पा र जोश हेजलवुड सान २/२ विकेट तथा ग्लेन म्याक्सवेल, मोइसेस हेनेरिक्सले १/१ विकेट लिए ।

त्यसअघि सिड्नीमा टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ८९ रन बनायो । उसका लागि स्टिभ स्मिथले शतक बनाए । उनले ६४ बलमा ११ चौका र २ छक्कासहित १०४ रन बनाए । त्यस्तै  डेविड वार्नरले ८३, कप्तान आरोन फिन्चले ६०, मार्नस लाबुशेनले ७०, ग्लेन म्याक्सवेलले नटआउट २९ बलमा ६३ रन बनाए । बलिङमा हार्दिक पाण्ड्या, जसप्रीत बुमराह र मोहम्मद शामीले १/१  विकेट लिए ।

भारतको प्लेइङ-११ : शिखर धवन, मयंक अग्रवाल, विराट कोहली (कप्तान), श्रेयस अय्यर, केएल राहुल (विकेटकीपर), हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा, नवदीप सैनी, मोहम्मद शमी, युजवेन्द्र चहल र जसप्रीत बुमराह ।

अष्ट्रेलियाको प्लेइङ-११ : डेविड वार्नर, आरोन फिन्च (कप्तान), स्टिभ स्मिथ, मार्नस लाबुसेन, एलेक्स क्यारी (विकेटकीपर), ग्लेन म्याक्सवेल, मोइसेस हेनेरिक्स, प्याट कमिन्स, मिचेल स्टार्क, एडम जम्पा र जोश हेजलवुड ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *