‘राजा आउ, देश बचाउ’ भन्दै पोखरामा विशाल प्रदर्शन

‘राजा आउ, देश बचाउ’ भन्दै पोखरामा विशाल प्रदर्शन

“ राजा आउ देश बचाउ” को नारा लगाउँदै पोखरामा विशाल प्रदर्शन गरिएको छ । पश्चिमाञ्चलवासी नेपाली जनताहरुको आयोजना नाममा  गणतन्त्रले देश नै बेच्न लागेको भन्दै हजारौं युवाहरुले बाजागाजासहित सडकमा प्रदर्शन गरिएको हो  ।

बुधबार पोखरामा  प्रदर्शनका क्रममा ‘राजा लेराऔं देश बचाऔं’, ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’, ‘अखण्ड नेपाल जिन्दावाद’, ‘गणतन्त्र मुर्दावाद’ लगायतका नारा लगाएका थिए। नेपालको राष्ट्रिय झण्डा, पूर्व राजा ज्ञानेन्द्र र रानी कोमल शाहको तस्वीर टाँसेर सडकमा मोटरसाइकल र्याली निकालिएको हो ।

कास्कीका साथै गण्डकी प्रदेशका विभिन्न जिल्लाका नागरिकहरु पश्चिमाञ्चलवासी नेपाली जनता नामक र्यालीमा सहभागी हुन आएका थिए । प्रहरीको कडा सुरक्षाको घेराबाट पोखराको अमरसिंह चौरबाट निस्किएको र्याली पृथ्वीचोक, मुस्ताङचोक, लेकसाइड, हल्लनचोक, सभागृहचोक, न्यूरोड हुँदै चिप्लेढुंगास्थित मानवअधिकारचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

र्‍यारीमा सहभागी शिव सेना नेपालका केन्द्रीय अध्यक्ष अनिल बस्नेतले नेपालमा जसरी पनि राजसंस्था ब्युँत्याएरै छाड्ने बताए। उनले आफूहरुको यो अभियानमा देशभरका नागरिकले स्तवःस्फूर्त रुपमा साथ दिएकाले राजसंस्था पुनर्वहाली भएरै छाड्ने विश्वास व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *