“राजा आऊ देश बचाऊ” भन्दै विराटनगरमा प्रदर्शन

“राजा आऊ देश बचाऊ” भन्दै विराटनगरमा प्रदर्शन

विराटनगर : राजसंस्था फर्काउन माग गर्दै विराटनगरमा मोटरसाइकल र्‍याली निकालिएकाे छ । राजावादी संगठनहरूले बिहीबार विराटनगरमा राजसंस्था फर्काउन माग गर्दै र्‍याली निकालेका हुन् ।

विराटनगर कञ्चनबारी चोकबाट निकालेको र्‍यालीले बजार परिक्रमा गरेको थियो ।

दुई तिहाइ बहुमत प्राप्त नेकपा नेतृत्व सरकार र पार्टी आन्तरिक विवादमा फसेको बेला राजावादी संगठनहरूले राजसंस्था फर्काउन माग गर्दै प्रदर्शन गरेका हुन् ।

नयाँ संविधान र गणतन्त्र धोका हो भन्दै राजावदीहरुले पुनः राजसंस्था फर्काउन माग गरे । आन्दोलनको नेतृत्व नेपाल विद्वत् परिषदले गरेको थियो । यसअघि बुटवलमा पनि राजावादीहरूले प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *