असुरक्षा को घेराबन्दीमा नारी : नेबिसंघ नेता युवराज बिष्ट

असुरक्षा को घेराबन्दीमा नारी : नेबिसंघ नेता युवराज बिष्ट

सम्माननिय रास्ट्रपति विद्या देवि भण्डारी ज्यु नारी रास्ट्रपति भए को मुलुक मा नारी अशुरक्षा बढनु बिडम्बनाको कुरो हो। मेरो समाज सभ्य समाज शान्ति शुरक्षा का हिसावले विश्वमा गनिएको मेरो देश ले आज कहाँ को यात्रा तय गर्दै छ। हत्या हिंसा बलात्कार, भ्रस्टाचार जस्ता घृणित कार्य हरु दिनौ दिन बढदै गैरहेका छ्न। हत्या हिंसा बलात्कार दिनौ दिन सस्थागत हुँदै गर्दा मेरो मुलुकको कानुनी लोगो बोकेको संविधान मा उलेखित कागजी एन कानुन जलाइ दिन मन लाग्छ।

किन कि म पीडित छु मेरो समाज पीडित छ। विश्व इतिहासमा नेपाल ले कस्तो सन्देश दिएको छ भन्ने कुरा आज सिंहदरबार र बालुवाटारका ब्वासाहरु बिर्सिएका छन।

त्यसै को परिणाम आज सारा नेपाली दिदीबहिनीहरु यौन पिचासु हरुको सिकार बन्न पुगेका छन। नवराज विक जस्ता भाइ हरुले भेरी नदिमा माछाको सिकार बन्न पर्ने अवस्था आएको छ।

निर्मला पन्तको आत्मा उखु घारी भित्र भडकी रहेको छ। के मुलुक मा सरकार छ र ? संविधान छर? छ भने कहाँ छ? भय पछि निर्मला पन्तका आमा बुवा कहाँ पठाइ देउ। यदि छ भने नवराज विकका परिवार कहाँ पठाउ उहाँ हरु अझै पनि आफ्नो छोरा छोरी को आत्मा शान्तिका लागि र न्याय माग्न अवनरत संघर्ष को दौडान मा हुनुहुन्छ।  उहाँ हरु न्याय माग्दा माग्दै थाक्नु भयो होला तर न्याय पाउने आशा भने अझै मरेको छैन। साच्चिकै दुइतिहाइ सरकार छ भने न्याय दिलाउन सकोस्। हुन त यो सरकार निर्दोष लाइ दोषी ठहराइ सिंहदरबारबाट आफू लाई बाहादुरी देखाउन खोज्छ। उदाहरण: निर्मला पन्त बलात्कार का दोषी खोज्दै गर्दा निर्मला पन्त बलात्कार हुनुभन्दा दुई दिन पैले नै पुलिस कस्टडीमा रहेका विशाल चौधरी नाम गरेका बालक लाई कुटेर पिटेर जबर्जस्ति उपप्रधानमन्त्रीले दोषी ठहराउन खोज्नुभयो। त्यहा का दिदी बहिनीहरुले विवरण ल्याउदा त्यस्तो भेटियो।
अब यो सरकार दोषी खोज्न इमानदार छ भनेर कसरी विश्वास गर्ने। यो दुइतिहाइ सरकार को राज्य प्रती को धोखा ले गर्दा कतै आफै पनि बलि को बोका भहिन्छ कि भन्ने त्रास मन मा छ। यस कारण दिदी बहिनीहरु त्रासमा बाचिरहेका छन।

२१ औ शताब्दीमा आएर पनि यउटा पिजडामा थुनिएर बस्न बाध्य छन। यो सरकारले नारी स्वतन्त्रता माथी औला ठडायो। नारी को अस्तित्व माथी खेलवाड  गर्ने हरुका विरुद्ध यो सरकारले किन कडा कानुन ल्याउन सकिरहेको छैन। हुन त हाम्रो प्रधानमन्त्री गफ दिनमा मस्त ब्यस्त हुनु हुन्छ।

आफ्नो पार्टी भित्र को दन्द मिलाउन मा मस्त ब्यस्त हुनु हुन्छ। हामी ले उहाँ बाट के आशा गर्नु र। हत्यारा बलात्कारि भ्रस्टाचारि खुल्ययाम नाची रहदा यो सरकार ले फाँसी को डोरिमा झुण्डायर विश्व सामु आफुलाइ किन बलियो बनाउन सकि रहे को छैन। त्यसै ले अब नारि दिदी बैनी हरु आफै जागनु पर्ने बेला आएको छ। आफ्नो स्वतन्त्रता का लागि आत्मा रक्षाको लागि उच्च स्तरीय कदम चालन आजको आवस्यकता हो।

युवराज विष्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *