आकासियो सुनको मूल्य, नेपाली बजारमा आजसम्मकै महँगो

आकासियो सुनको मूल्य, नेपाली बजारमा आजसम्मकै महँगो

काठमाडौँ – धेरैलाइ चाँसाे भइरहने सुनको मूल्य नेपाली बजारमा सर्वाधिक महंगो भएको छ । बुधबार नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महंगो भएको सुन चाँदी व्यावसायी महासंघले जनाएको छ । बेला बेला घटबढ भइरहने सुनकाे मुल्य बढेर अहिलेसम्मकै महंगाे भएकाे छ ।

महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला ७७ हजार १ सय रूपैयाँले कारोबार भएको छ । आज कारोबार भइरहेको सुनको मूल्यमा हिजोभन्दा ४ सय बढी भएको हो । हिजोसम्म बजारमा ७६ हजार ६ सयमा कारोबार भएको थियो । हिजो छापावाला सुन प्रतितोला ७६ हजार ७ सय रहेको थियो । यस्तै तेजावी सुन प्रतितोला ७६ हजार ८ सयमा कारोबार भएको छ, भने हिजो ७६ हजार ४ सय मा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *