चुनाव हारेका ट्रम्पसँग पत्नीले सम्बन्ध बिच्छेद गर्दै

चुनाव हारेका ट्रम्पसँग पत्नीले सम्बन्ध बिच्छेद गर्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पपत्नी मेलानियाले ट्रम्पसँगको सम्बन्ध बिच्छेद गर्ने भएकी छन् । डेलीमेलले यो तथ्य सार्वजनिक गर्दै ट्रम्पपत्नीले सम्बन्ध विच्छेद गर्न लागेको रिपोर्ट छापेको छ ।

उनले ट्रम्प पदमा रहँदै देखि सम्बन्ध विच्छेद माग्दै आएको डेलीमेलले दावी गरेको छ । साथै उनले ट्रम्प ह्वाइट हाउसबाट बाहिरिएपछि औपचारिक रुपमा सम्बन्धविच्छेद गरेर आफू अलग्गिन पाउँ भनेर बसेको डेलीमेलले उल्लेख गरेको छ ।

ट्रम्प र मेलानियाको १५ वर्षको वैवाहिक सम्बन्ध पूरा भइसकेको छ । उनीहरुको विवाह व्यावासायीक सम्झौता मात्रै भएको ट्रम्पकै परिवारबाट भनिएको बताइएको छ ।

२०१६ मा ट्रम्प विजयी भएर ह्वाइट हाउसमा आउन पनि ५ महिना लागेको थियो । त्यो बेला आफ्नो छोरोको पढाइका कारण आफू ह्वाइट हाउस आउन नसकेको बताइएको थियो ।

तर ट्रम्पसँग अलग्गिएपछि आफ्ना छोरा बेरोनलाई ट्रम्पको विरासतमा बराबरीको अंश दिलाउनको लागि छलफल मेलानियाले गरिरहेकाले ह्वाइट हाउस आउन नसकेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *