आईपीएल: बैंग्लोर हैदराबादसँग पराजित हुँदै बाहिरियो

आईपीएल: बैंग्लोर हैदराबादसँग पराजित हुँदै बाहिरियो

काठमाडौं : यूएईमा जारी १३ औँ सिजनको आईपीएलको इलिमिनेटर खेलमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले पराजित गरेको छ  । महत्वपूर्ण खेलमा टस हारेर बैंग्लोरले दिएको १ सय ३२ रनको लक्ष्य पछ्याएको हैदराबादले अन्तिम २ बल बाँकि छदैँ जित हात परेको हो । जितसंगै हैदराबाद फाइनलमा पुग्नका लागि दिल्लीसंगको भेट पक्का गरेको हो ।

हैदराबादका लागि कप्तान डेविड वार्नरले १७, मनिष पाण्डेले २४, केन विलियमसन्ले ५०, जसोन होल्डरले २४ रन बनाए  । बलिंग तर्फ बैंग्लोरका मोहमद सिराजले २ तथा युज्वेन्द्र चहल र अदम जम्पाले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको आरसीबीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन बनायो । उसका लागि एबी डिभिलियर्सले ५६, आरोन फिन्चले ३२ र मोहम्मद सिराजले अविजित १० रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । बलिङमा जेसन होल्डरले ३, थांगारासु नटराजनले २ र साहबाज नदीमले एक विकेट लिए ।

हैदराबादको प्लेइङ-११ : डेविड वार्नर (कप्तान), श्रीवाट्स गोस्वामी, केन विलियम्सन, मनीष पाण्डे, अब्दुल सामद, प्रियाम गर्ग, जेसन होल्डर, राशिद खान, शाहबाज नदीम, सन्दीप शर्मा र थांगारासु नटराजन।

आरसीबीको प्लेइङ- ११ : देवदत्त पाडिक्कल, विराट कोहली (कप्तान), एबी डिविलियर्स, एडम जम्मा, आरोन फिन्च, नवदीप सैनी, मोइन अलि, वाशिङटन सुन्दर, शिवम दुबे, युजवेन्द्र चहल र मोहम्मद सिराज ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *