आईपीएल: दिल्लीले दियो मुम्बईलाई ब्याटिङको निम्तो, हेर्नुस प्लेइंग ११

आईपीएल: दिल्लीले दियो मुम्बईलाई ब्याटिङको निम्तो, हेर्नुस प्लेइंग ११

यूएईमा जारी १३ औँ सिजनको आईपीएल अन्तर्गत पहिलो क्वालिफायरमा मुम्बई इण्डियन्सविरुद्ध दिल्ली क्यापिटल्सले टस जितेर बलिङ रोजेको छ । यी दुई टिमबीचको खेल ७ः४५ बजेदेखि दुबईमा सुरु हुँदैछ ।

जारी सिजनमा मुम्बई लिग चरणमा १४ मध्ये ९ म्याच जितेर प्लेअफ प्रवेश गरेको थियो । त्यस्तै, दिल्ली १४ मा ८ म्याचमा जित हासिल गर्दै दोस्रो स्थानका साथ प्लेअफमा प्रवेश गर्न सफल भयो ।

आज विजयी हुने टिम सिधै फाइनल प्रवेश गर्नेछ । पराजित हुने टिमले इलिमिनेटरमा विजयी हुने टिमसँग खेल्ने मौका पाउने छ ।

लिग चरणको अन्तिम खेलमा दिल्लीले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)लाई ९ विकेटले हराएको थियो । मुम्बई भने सनराइजर्स हैदराबादविरुद्ध १० विकेटले पराजित भएको थियो ।

मुम्बईविरुद्ध पनि पाएनन् सन्दीपले मौका
लिग चरणका कुनै पनि खेलमा मौका नपाएका दिल्ली क्यापिटल्समा आवद्ध नेपाली लेगस्पिनर सन्दीप लामिछानेले आज पनि प्लेइङ-११ मा अवसर पाउन असफल भएका छन् ।

योसँगै सन्दीपले आईपीएल २०२० मा कुनै पनि म्याचमा मौका नपाउने सम्भावना निश्चित जस्तै भएको छ ।

आज दिल्लीले अघिल्लो खेलमै प्लेइङ-११ लाई निरन्तरता दिएको छ ।

मुम्बईले भने प्लेइङ-११ मा आज तीन खेलाडी परिर्वतन गरेको छ । उसले जेम्स प्याटिन्सन, सौरभ तिवारी र धवल कुलकर्णीलाई विश्राम दिँदै हार्दिक पाण्ड्या, ट्रेन्ट बोल्ट र जसप्रीत बुमराहलाई मौका दिएको छ ।

मुम्बईको प्लेइङ-११ : क्विन्टन डिकक, रोहित शर्मा (कप्तान), इशान किशन, सूर्यकुमार यादव, हार्दिक पाण्ड्या, किरण पोलार्ड, कृणाल पांड्या, राहुल चहर, नाथनकल्टर नाइल ट्रेन्ट बाउल्ट र जसप्रीत बुमराह ।

दिल्लीको प्लेइङ-११ : शिखर धवन, पृथ्वी शा, अजिंक्य रहाणे, श्रेयस अय्यर (कप्तान), ऋषभ पन्त, मार्कस स्टोइनिस, अक्क्षर पटेल, कागिसो रबाडा, रविचन्द्रन अश्विन, डानियल साम्स र एनरिच नोर्टजे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *