आईपीएल: बलियो मुम्बईलाई हराउदै हैदरावाद ‘प्लेअफ’मा

आईपीएल:  बलियो मुम्बईलाई हराउदै हैदरावाद ‘प्लेअफ’मा

यूएईमा जारी १३ औँ सिजनको आईपीएल अन्तर्गत लिग चरणको अन्तिम खेलमा मुम्बई इण्डियन्सलाई १० विकेटले पराजित गर्दै सनराइजर्स हैदराबाद प्लेअफमा पुग्ने चौथो टिम बनेको छ । यो संगै १३ औं सिजनमा प्लेअफमा पुग्ने टिमको टुंगो लागेको छ ।

शारजाहमा मुम्बईले दिएको १ सय ५० रनको लक्ष्य पछ्याउने क्रममा उत्कृष्ट ब्याटिंग गर्दै  हैदराबादले सहज जित निकालेको हो  । हैदराबादको जितमा कप्तान डेविड वार्नर र रिद्दीमान शाहले अर्धसताकिय पारि खेले । जसमा वार्नरले सर्वाधिक ८५ रन बनाए भने शाहले ५८ रन बनाए ।  बलिंग तर्फ मुम्बईका सबै बलरहरु विकेट बिहिन रहे ।

त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनायो । मुम्बईको पारीमा किरण पोलार्डले ४१ रन, सूर्यकुमारले ३६, इशान किशनले ३३, क्विन्टन डीककले २५ रन बनाए ।  बलिङमा सन्दीप शर्माले ३, जेसन होल्डर, शाहबाज नदीमले २/२ र राशिद खानले विकेट लिए ।

मुम्बईको प्लेइङ- ११ : रोहित शर्मा (कप्तान), क्विन्टन डिकक, इशान किशन, सूर्यकुमार यादव, सौरभ तिवारी, किरण पोलार्ड, कृणाल पांड्या, नाथनकुल्लटर नाइल, राहुल चहार, जेम्स प्याटिन्सन र धवल कुलकर्णी ।

हैदराबादको प्लेइङ-११ : डेविड वार्नर (कप्तान), ऋद्धिमान साह, केन विलियम्सन, मनीष पाण्डे, अब्दुल सामद, प्रियाम गर्ग, जेसन होल्डर, राशिद खान, शाहबाज नदीम, सन्दीप शर्मा र थांगारासु नटराजन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *