क्रिकेटर शेन वाट्सनले लिए क्रिकेटबाट सन्यास

क्रिकेटर शेन वाट्सनले लिए क्रिकेटबाट सन्यास

काठमाडौं:  चर्चित क्रिकेटर अस्ट्रेलयन अलराउण्डर शेन वाट्सनले क्रिकेटबाट सन्यास लिएका छन् । वाट्सनले एक भिडियो संदेशमार्फत सबै खालका क्रिकेटबाट सन्यास घोषणा गरेका हुन्।

युएइमा जारी आइपिएलमा चेन्नेई सुपर किंग्सबाट खेलिरहेका वाट्सनको किङ्गस इलाभेन पञ्जावसंगको खेल नै अन्तिम खेल बनेको छ । ३९ वर्षीय वाट्सन क्रिकेटको सबै फ्रम्याटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्  । भिडियोमार्फत उनले  एउटा अध्याय बन्द हुन्छ र अर्काे नयाँ र उत्साहजनक अध्याय खुल्ने बताएका छन् । अन्तर्राष्ट्रिय क्रिकेटबाट २०१६ मा सन्यास घोषणा गरेका वाटसन आइपीएलमा  राजस्थानका पुर्व कप्तान समेत हुन्  ।

वाट्सनले ५९ टेस्ट, एक सय ९० एकदिवसीय र ५८ टी–२० खेल्दा सन् २००७ र २०१५ मा अस्ट्रेलियाले दुई पटक आइसिसी विश्व कपको उपाधि जित्दा उनी टिमको सदस्य थिए। उनले टेस्टमा तीन हजार सात सय ३१ रन बनाउँदै ७५ विकेट लिएका छन्। त्यस्तै एकदिवसीयमा पाँच हजार सात सय ५७ रन र एक सय ६८ विकेट लिँदै आफ्नो समयको उत्कृष्ट अलराउण्डर बन्दै आफ्नो करियर समाप्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *