श्रद्धा कपुरका यी फिल्महरू कहिल्यै हेर्न चाहँदैनन् उनका पिता, कारण यस्तो…

श्रद्धा कपुरका यी फिल्महरू कहिल्यै हेर्न चाहँदैनन् उनका पिता, कारण यस्तो…

आफ्नो खास स्टाइलका लागि परिचित शक्ति कपुरले फिल्महरूमा भिलेनको भूमिका निभाउँदै आएका छन्। तर वास्तविक जीवनमा उनलाई पनि आम पिताहरूलाई जस्तै आफ्नी छोरीको चिन्ता छ। यद्यपि उनकी छोरी श्रद्धा कपुरले लगातार आफ्नो मेहनत र प्रतिभाका कारण फिल्महरूमा सफलता पाइरहेकी छन्। बिगत ४० सालदेखि फिल्महरूमा सक्रिय शक्ति कपुर आफ्नी छोरीको सफलता देखेर निकै खुसी छन्।

छोरीले बलिउडमा राज गर्दै गर्दा शक्ति कपुर श्रद्धा अभिनित यस्ता केही चलचित्रहरू जुन आफ्नो जीवनकालमा कहिल्यै हेर्न चाहँदैनन्। कुन कुन हुन् त ती फिल्महरू? आज यहाँ बताउन गइरहेका छौँ।

१. हसिना पारकर
साल २०१६ मा आएको फिल्म हसिना पारकरमा श्रद्धा कपुरको दमदार अभिनयलाई धेरैले रुचाएका थिए। फिल्म श्रद्धा कपुरको आजसम्मकै अब्बल साबित भयो। फिल्म सुपरहिट रह्यो र धेरै आम्दानी पनि गर्यो। फिल्ममा श्रद्धा मुम्बईकी डन हसिनाको भूमिकामा देखिएकी छन्। यसै कारण शक्ति यो फिल्म हेर्न चाहन्नन्। किनकि सानैदेखि श्रद्धाको सीधा सादा रूप देखेका शक्तिले चाहेर पनि श्रद्धालाई डनको रूपमा हेर्न सक्दैनन्।

२. ओके जानु
विहेभन्दा पहिले जोडीहरू सँगै बस्ने अवधारणालाई लिएर बनाइएको ओके जानु रोमान्टिक ड्रामा फिल्म हो। फिल्ममा आदित्य रोय कपुर र श्रद्धाको दमदार अभिनय देख्न सकिन्छ। यसका बाबजुद पनि फिल्म फ्लप रह्यो। यसैकारण छोरी असफल भएको फिल्म शक्ति हेर्न चाहँदैनन्।

३. हाफ गर्लफ्रेन्ड
साल २०१७ मा आएको हाफ गर्लफ्रेन्ड फिल्ममा श्रद्धा र अर्जुन कपुरलाई देख्न सकिन्छ। फिल्मले निकै सफलता पाएको थियो। तर अर्जुनसँग सम्बन्ध बिग्रेका कारण शक्तिले यो फिल्म कहिल्यै नहेर्ने प्रण गरेका छन्।

४. रक अन टु
श्रद्धा र फरहान अख्तर अभिनित फिल्म रक अन टु एक सफल फिल्म मानिन्छ। फिल्मका दौरान श्रद्धा र फरहानको प्रेम सम्बन्ध रहेको कुरा बाहिरिएको थियो। पछि फरहानले सम्बन्ध अगाडि बढाउन नचाहेको कुरा पनि बाहिरियो। यी सबै कारण फरहानसँग रुष्ट बनेका शक्तिले यो फिल्म कहिल्यै हेर्न चाहेनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *