ढकारी गाउँपालिकाको पहिलो वडाको रूपमा वडा नम्बर ४ बलाता छाउगोठ मुक्त वडा घोषणा

ढकारी गाउँपालिकाको पहिलो वडाको रूपमा वडा नम्बर ४ बलाता छाउगोठ मुक्त वडा घोषणा

सुशील भण्डारी ,अछाम : अछामको ढकारी गाउँपालिका वडा नम्बर ४ बलातालाइ आज एक भब्य कार्यक्रमक बीच गाउँपालिकाकै पहिलो वडाका रूपमा छाउगोठ मुक्त वडा घोषणा गरिएको  छ ।

वडा अध्यक्ष भक्त  बहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रमका  प्रमुख अतिथि ढकारी गाउँपालिका उपाध्यक्ष लक्ष्मी साउद  रहनु भएको थियोे ।

प्रमुख अतिथिको आसन बाट बोल्दै उपाध्यक्ष साउदले समाजमा विकृतिका रुपमा जरा गाडेर बसेको छाउपडी प्रथा न्युनिकरण गर्नका लागि  सरकारले नै
छाउगोठ मुक्त अभियान थालेको बताउनुभयो ।

अब छाउप्रथाकै कारण कुनैपनि महिलाले हिंसा भोग्नुपर्ने अवस्था सृजना नहुने बताउनुभयो ।
ढकारी गाउँपालिका भित्रका विभिन्न  वडाका स्थानीयहरूको घरमा रहेका छाउगोठलाई महिलाहरूकै सकृयतामा भत्काउन सफल भएकोले महिला हरुले हिंसाको जोखिम उत्पन्न नहुने उहाँको भनाइ छ ।

वडामा रहेका सबै गोठ भत्काएर महिनावारी भएका महिलाहरू सुरक्षित रुपमा घर भित्रै बस्न थालेपछि उक्त वडालाइ भव्य समारोहकाबीच छाउ गोठ मुक्त वडा घोषणा गरिएको वडा अध्यक्ष भक्त बहादुर बुढाले बताए । कार्यक्रममा ढकारी गाउँपालिका प्रशासन प्रमुख लोकेन्द्र बहादुर बोगटी विशिष्ट अतिथि रहनु भएको थियो । कार्यक्रममा तरुण दलका अध्यक्ष प्रकाश साउद ,न्यायीक समिति उजुरी प्रशाशक कृष्ण देबकोटा लगायतले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा विभिन्न बिधालय बाट सास्कृतिक झाकिका साथै चेतनामूलक देउडा  गित प्रस्तुत गरिएको थियोे ।वडा सदस्य  देब बहादुर थापाको  स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संञ्चालन पदम बुढाले गर्नुभएको थियोे । उक्त कार्यक्रम भोलि वडा नम्बर ५ तिखानमा हुने र

फागुन  १४ गते पालिका नै घोषणा गरिने गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *