बधाई ! ‘अमेरिकन आइडल’मा छानिए नेपालका दिवेस (भिडियो सहित)

बधाई ! ‘अमेरिकन आइडल’मा छानिए नेपालका दिवेस (भिडियो सहित)

नेपालकै विभिन्न रियालिटी शोहरुमा सहभागिता जनाएर चर्चामा आएका धेरैको नाम सबैलाई थाहा छ । नेपाल भन्दा बहिरा भारतका विभिन्न रियालिटी शोमा पनि नेपालीहरुको सहभागिता रहने गरेको छ । तर यतिबेला ‘अमेरिकन आइडल’मा छनोट भएका नेपालका २० वर्षिय दिवेस पोखरेल निकै चर्चामा रहेका छन् ।

‘एवीसी’बाट प्रशारण हुने चर्चित रियालिटी शोको पहिलो एपिसोडबाट नै दिवेस छनोट भएका हुन् । अडिसनको भिडियो बाहिरिएसंगै उनको चर्चा देश बिदेशमा भैरहेको छ । नेपाली भएकै कारण मात्र चर्चामा नभएर दिवेश भित्रको प्रतिभाले उनलाई चर्चामा ल्याएको हो । आर्थर गनको नामबाट पनि चिनिने उनले बब दिलनको ‘गर्ल फ्रम द नर्थ कन्ट्री’गीत प्रस्तुत गरेका थिए जुन जजहरुले निकै रुचाएका थिए । जजहरुले भनेपछि उनले अर्को गीत ‘सम टोल्ड मि लङ अगो’ पनि सुनाएका थिए ।

६ वर्ष अघि अमेरिका पुगेका दिवेसको स्थिटोरीमा नेपालको चर्एचा गरिनुका साथै नेपालका केहि दृश्यहरु समेत देखईएको थियो । जसले नेपालकाे बारेमा उक्त शाे मार्फत अझै चर्चा गरिएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *