हवाइ उडानमा पुरानै भाडादर

हवाइ उडानमा पुरानै भाडादर

काठमाडौँ : सरकारले सवारीसाधनमा चैत ११ अगाडिकै भाडादर लागू हुने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले पछिल्लो समय सार्वजनिक सवारीसाधन सञ्‍चालनमा सहजता भएको भन्दै चैत ११अगाडिकै भाडादर लागू गर्नेनिर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री पार्वत गुरुङले सार्वजनिक सवारी साधनको सिट क्षमता अनुसारको यात्रु बोक्न पाउने र भाडादर बन्दाबन्दी हुनुअघि अर्थात चैत ११ गते अगाडिकै कायम रहने बताउनुभएको हो ।

मन्त्री गुरुङका अनुसार आन्तरिक हवाई उडानमा पनि सोही व्यवस्था लागू गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *