आईपीएल: राेमाञ्चक सुपर ओभरमा पञ्जावले मुम्बईलाई हरायाे

आईपीएल: राेमाञ्चक सुपर ओभरमा पञ्जावले मुम्बईलाई हरायाे

यूएईमा जारी १३ औा सिजनको आईपीएलमा  किंग्स इलावेन पञ्जावले मुम्बई इण्डियन्सलाई पराजीत गरेकाे छ ।

टस जितेर ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनाउदै पञ्जाबलाई १ सय ७७ रनको लक्ष्य दिएको थियाे । राेमाञ्चक खेलमा पञ्जावले १७६ रन मात्रै बनाउन सकेपछि खेल सुपर ओभरमा गएकाे थियाे । सुपर ओभरमा पञ्जावले दुइ विकेट गुमाउदै ५ रन बनाएकाे थियाे । जवाफि ब्याटिङ गर्ने क्रममा मुम्बइले पनि ५ रन मात्रै बनाएपछि पुनः टाइ भएकाे थियाे । दाेस्राे सुपर ओभरमा मुम्बइले ११ रन बनायाे । १२ रनकाे लक्ष्य पछ्याएकाे पञ्जाव २ बल बाँकि छदै विजयी भयाे ।

सुपर ओभर अघिपञ्जावका लागि कप्तान केएल राहुलले सर्वाधिक ७७, निकाेलस पुरन र कृश गेलले २४/२४ तथा म्याङक अग्रवालले ११ तथा दिपक हुडाले रन बनाए । बलिङ तर्फ मुम्बैका बुम्राहले ३ विकेट लिए भने, राहुल चहरले २ विकेट लिए

त्यसअघि मुम्बईका लागि क्विन्टन डीककले ३४, नाथनकुल्टन नाइलले अविजित २४ र किरण पोलार्डले नटआउट १२ बलमा १ चौका र ४ छक्कासहित नटआउट ३४ रन बनाए । बलिङमा पञ्जाब टिमका मोहम्मद शामी, अर्शदीप सिंहले २/२, रवि विश्नोई र क्रिस जोर्डनले एक/एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *