आईपीएल: सन्दीपको दिल्लीले चेन्नेईलाई हरायो

आईपीएल: सन्दीपको दिल्लीले चेन्नेईलाई हरायो

यूएईमा जारी १३ औँ सिजनको आईपीएलमा चेन्नई सुपर किंग्स (सीएसके) दिल्ली क्यापिटल्ससंग पराजित भएको छ   ।

टस जितेर ब्याटिङको मौका पाएको सीएसकेले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७९रन बनाएको थियो । १८० रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले ५ विकेट गुमाएर १ बल बाँकी हुँदै जित हात परेको हो ।

दिल्लीका लागि ओपनर शिखर धावनले ५७ बलमा १४ चौका र १ छक्कासहित शतक बनाए । आईपीएलमा शिखरको यो पहिलो शतक हो । बलिंग तर्फ चेन्नेईका दीपक चाहरले सर्वाधिक २ तथा सम करन, सर्दुल ठाकुर र ब्राबोले १/१ विकेट लिए ।

त्यसअघी चेन्नेईका लागि फाफ डुप्लेसिसले ५८, अम्बाती रायडूले २५ बलमा अविजित ४५, शेन वाट्सनले ३६, रवीद्र जडेजाले १३ बलमा नटआउट ३३ र महेन्द्रसिंह धोनीले ३ रन बनाए । बलिङमा एनरिक नोर्टजेले २, तुषार देशपाण्डे र कागिसो रबाडाले एक/एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *