शनिबार थपिए ३१ सय ३७ जना कोरोना संक्रमित

शनिबार थपिए ३१ सय ३७ जना कोरोना संक्रमित

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार १३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख २९ हजार ३०४ पुगेको छ।

पछिल्लो २४ घण्टामा १५ हजार ४३८ जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म १२ लाख ६९ हजार ६०५ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तजा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

आज ३८ हजार ७३७ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये १३ हजार २२९ जना संस्थागत आइसोलेसनमा र २५ हजार ४३८ जना होम आइसोलेसनमा छन्।

४ हजार ७१५ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ।

आज १ हजार ८०० जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्। योसहित कोरोना संक्रमणमुक्त भएपछि डिस्चार्ज हुनेको संख्या ८९ हजार ८४० पुगेको छ।

पछिल्लो २४ घण्टामा १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७२७ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *