आईपिएल: कोलकातालाई हराउदै मुम्बई शिर्ष स्थानमा

आईपिएल: कोलकातालाई हराउदै मुम्बई शिर्ष स्थानमा

युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत शुक्रबार ३२ औं खेलमा कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै  मुम्बई इन्डियन्स  शिर्ष स्थानमा उक्लिएको छ ।।

शेख जायद स्टेडियम अबुधाबीमा टस जितेर ब्याटिंग रोजेको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४८ रन बनाउदै मुम्बईलाई १४९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । लक्ष्य पछ्याउने क्रममा मुम्बईले कप्तान रोहित शर्मा र डीककको सानदार सुरुवातमा टिमलाई जित तर्फा डोर्याएको हो । मुम्बईका लागि ओपनर डीककले सर्वाधिक नटआउट ७८ रन बनाए भने रोहित शर्माले ३५ तथा हार्दिक पाण्डेले २१ रन बनाए । बलिंग तर्फ वरुण चक्रवर्थी र शिवम माविले १/१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिंग गरेको  कोलकाताको लागि प्याट कमिन्सले सर्वाधिक ५३ रन बनाएका थिए भने कप्तान ओएन मोर्गनले ३९ रन बनाए । त्यस्तै शुबमन गिल २१ , राहुल त्रिपाठी ७, नितिश राना ५, दिनेश कार्तिक ४ तथा आन्द्रे रसेल १२ रन बनाएर आउट भए।

मुम्बईको बलिंगमा लेग स्पिनर राहुल चाहरले सर्वाधिक २ विकेट ( ४-०-१८-२ ) लिए जुन क्रममा शुबमन गिल र दिनेश कार्तिकको विकेट लिए। जस्प्रित बुम्राह ( ४-०-२२-१ ) , ट्रेन्ट बोल्ट ( ४-०-३२-१ ) , नाथन कौल्टर नाइल ( ४-०-५१-१ ) ले समान १ विकेट लिए। क्रुनाल पान्ड्या ( ४-०-२३-० ) विकेटविहिन रहे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *