आईपीएल: आज मुम्बई र कोलकाता खेल्दै, कसले मार्ला बाजी ?

आईपीएल: आज मुम्बई र कोलकाता खेल्दै, कसले मार्ला बाजी ?

आईपीएल: कोरोना भाइरसको प्रभावलाई लक्षित गर्दै यूएईका जारी इण्डियन प्रिमियर लिग (आईपीएल)मा शुक्रबार डिफेन्डिङ च्याम्पीयन मुम्बई इण्डियन्सले  कोलकाता नाइट राइडर्सको सामना गर्दैछ । अबुधाबीमा नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि खेल सुरु हुनेछ ।

जारी सिजनमा मुम्बइले ७ म्याचमा पाँचमा जित र दुई खेलमा पराजय ब्यहोरेको छ । तालिकामा १० अंक जोड्दै मुम्बई दोस्रो स्थानमा छ । केकेआरले सात खेलमा चारमा जित र तीन खेलमा हारको सामना गरेको छ ।  केकेआर ८ अंकका साथ चौथो स्थानमा छ ।

हालसम्म आईपीएलमा केकेआर र मुम्बईबीच २७ पटक भेट भएको छ । जसमा मुम्बई २० खेलमा विजयी भएको छ । जारी सिजनमा पनि मुम्बईमा रोहित शर्मा र केकेआरमा दिने कार्तिक कप्तान छन् । मुम्बईले हालसम्म चार र केकेआरले दुई पटक आईपीएल उपाधि जितेको छ ।

मुम्बईको सम्भावित प्लेइङ-११ : रोहित शर्मा (कप्तान), क्विन्टन डीकक, सूर्यकुमार यादव, इशान किशन, हार्दिक पांड्या, किरोन पोलार्ड, कुणाल पांड्या, ट्रेन्ट बोल्ट, जेम्स प्याटिन्सन, राहुल चहार र जसप्रीत बुमराह ।

केकेआरको सम्भावित प्लेइङ -११ : शुभमन गिल, राहुल त्रिपाठी, नितीश राणा, इयोन मोर्गन (कप्तान), दिनेश कार्तिक, आन्द्रे रसल, प्याट कमिन्स, लकी फर्ग्युसन, कमलेश नागरकोटी/कुलदीप यादव, प्रसिद्ध कृष्णा र वरुण चक्रवर्ती ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *