उपत्यकामा थपिए १४०३ जना संक्रमित, कुन ठाउँमा कति ?

उपत्यकामा थपिए १४०३ जना संक्रमित, कुन ठाउँमा कति ?

काठमाडौं उपत्यकामा १४०३ जना संक्रमित भेटिएका छन् । जसमा काठमाडौं जिल्लामा ९९६, भक्तपुरमा १०२ र ललितपुर जिल्लामा ३०५ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ ।

बुधबार देशभर २६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा जनाकारी गराइएको हो ।

यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख १७ हजार ८९६ पुगेको मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले जानकारी दिएका छन् । मंगलबार मात्रै ३५५६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।

हाल देशभर सक्रिय संक्रमितकाे संख्या ३६ हजार ३६७ रहेकाे छ । पछिल्लो २४ घण्टामा २१७४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *