आईपिएल: धोनीको चेन्नाईले हैदराबादलाई हरायो

आईपिएल: धोनीको चेन्नाईले हैदराबादलाई हरायो

युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत मंगलबार २९ औं खेलमा चेन्नाई सुपर किङ्ग्सले  सनराइजर्स हैदराबादलाई पराजित गरेको छ । जितसहित   सातौ स्थानमा रहेको महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नाईले अंकतालिकामा सुधार गरेको छ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा टस जितेर ब्याटिंग गर्दै निर्धारित ओभरमा ६ विकेट गुमाउदै १६७ रन बनाएको थियो । १६८ रनको लक्ष्य पछ्याएको हैदरावादले १४७ रन मात्र बनाउन सक्यो  । हैदरावादका लागि जन बिस्टोले २३, केन विलियम्सनले ५७ रन बनाए । बलिंग तर्फ चेन्नेईका ड्वायन ब्राबो, कर्ण शर्माले २, सम करन , रविन्द्र जडेजा र  सार्दुल ठाकुरले १/ १ विकेट लिए |

त्यसअघि टस जितेको चेन्नाईका लागि  सेन वाट्टसन ४२, अम्बती राइदु ४१, सम करन ३१, रविन्द्र जदेजा २५ र कप्तान धोनीको २१ रनको मदतले १६७ रन बनाउन सफल भएको थियो । बलिंग तर्फ हैदरावादका सन्दीप सारमा, खलील अहमद र टि नटराजनले समान २/२/  विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *