आईपीएल: कोलकाताविरुद्ध बैंगलोरको सानदार जित

आईपीएल: कोलकाताविरुद्ध बैंगलोरको सानदार जित
BCCI/IPL/ANI

आईपीएल २०२० अन्तर्गत २८ औं खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले  कोलकाता नाइट राइडर्सलाई ८२ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

शारजाह मैदानमा टस जितेर ब्याटिंग गर्दै बैंगलोरले दिएको  १९५ रनको लक्ष्य पछ्याउने क्रममा कोलकाताले ११२ रन मात्र  बनाउन सक्यो  । कोलकाताका सुमान गिलले सर्वाधिक ३४ रनबनाए भने आन्द्रे रसल र राहुल त्रिपाठीले १६/१६ रन बनाए । त्यसबाहेक कोलकाताका कुनै ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बलिंग तर्फ बैंगलोरका कृष् मोरिसले र वासिंगटन सुन्दरले २ तथा उनाड़ा, चहल, सैनी, र सिरोजले समान १/१/ विकेट लिए ।

त्यसअघि बैंगलोरको लागि एबि डी भिल्लीयर्सले सर्वाधिक ७४ रन बनाए। अविजित इनिंग खेल्ने क्रममा उनले ३३ बलमा ५ चौका र ६ छक्का प्रहार गरे। कप्तान बिराट कोहलीले अविजित २८ बलमा १ चौका मद्दतले ३३ रन बनाए। आरोन फिन्चले ४७ ( ३७ बलमा ४ चौका र १ छक्का ) तथा देभदत्त पडीक्कलए ३२ रन ( २३ बलमा ४ चौका र १ छक्का ) बनाए।

कोलकाताको बलिंगमा आन्द्रे रसेल ( ४-०-५१-१ ) र प्रसिध कृष्णा ( ४०-४२-१ ) ले समान १ विकेट लिए भने प्याट कमिन्स ( ४-०-३८-० ) , वरुण चक्रवर्ती ( ४-०-२५-० ) र कमलेश नगरकोटी ( ४-०-३६-० ) विकेटविहिन रहे

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *