आईपीएल: कोलकाता र बैंग्लोर आमनेसामने हुँदै, कसले मार्ला बाजी ?

आईपीएल: कोलकाता र बैंग्लोर आमनेसामने हुँदै, कसले मार्ला बाजी ?

काठमाडौं : यूएईमा जारी १३ औँ सिजनको आईपीएल अन्तर्गत आज दिनेश कार्तिकको कप्तानीमा रहेको कोलकाता नाइट राइडर्स (केकेआर) र विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स (बैंग्लोर) खेल्दै छन् । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि शारजाहमा सुरु हुनेछ ।

शारजाहको मैदानमा दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीचको खेलमा मात्र चौका/छक्काको वर्षा कम देख्न पाइएको थियो । यो मैदानमा अन्य खेलमा भने चौका/छक्काको वर्षाको आनन्द लिन पाइएको थियो ।

आरसीबी र केकेआरबीचको आज हुने खेल हाइस्कोरिङ हुने अनुमान गरिएको छ । शारजाहमा जारी सिजनमा पाँच खेल भएका छन् । जसमा चार पटक पहिले ब्याटिङ गर्ने टिमले जितेको छ । जारी सिजनमा यी दुुबै टिमले राम्रो प्रदर्शन गरिरहेका छन् । केकेआर र आरसीबीले समान ६ म्याचमा चारमा जित र २ खेलमा हारको सामना गरेका छन् ।

नेट रनरेटका आधारमा केकेआर तालिकाको तेस्रो र आरसीबी चौथो स्थानमा छ । यी दुबै टिमको अंक ८ छ । जारी सिजनमा पनि दुबै टिमले कप्तान परिवर्तन गरेका छैनन् । यो संस्करणमा पनि आरसीबीमा विराट कोहली र केकेआरमा दिनेश कार्तिक कप्तान छन् ।

हालसम्म आईपीएल इतिहासमा आरसीबी र केकेआरबीच २५ पटक भेट भएको छ । जसमा आरसीबीविरुद्ध केकेआर १५ पटक विजयी भएको छ । पछिल्लो पाँच म्याचमा आरसीबीले केकेआरलाई एक खेलमा मात्र हराउन सकेको छ ।

केकेआरको सम्भावित प्लेइङ-११ : शुभमन गिल, राहुल त्रिपाठी, नितीश राणा, इयोन मोर्गन, दिनेश कार्तिक (कप्तान/विकेटकीपर) आन्द्रे रसेल/टम ब्यान्टन, सुनील नारायण, प्याट कमिन्स, कमलेश नगरकोटी/शिवम मावी, प्रसिद्ध कृष्ण र वरुण चक्रवर्ती ।

आरसीबीको सम्भावित प्लेइङ-११ : आरोन फिन्च, देवदत्त पाडिक्कल, विराट कोहली (कप्तान), एबी डिभिलियर्स (विकेटकीपर), गुरकिरत सिंह, शिवम दुबे, वाशिङटन सुन्दर, क्रिस मोरिस, ईसुरु उडाना, नवदीप सैनी र युजवेन्द्र चहल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *