बधाई ! नेपाली चेलीले पाइन् बेलायतमा ‘इन्टरनेसनल इमर्जिङ इन्जिनियर अवार्ड’

बधाई ! नेपाली चेलीले पाइन् बेलायतमा ‘इन्टरनेसनल इमर्जिङ इन्जिनियर अवार्ड’

एक नेपाली इन्जिनियरले बेलायतमा ‘इन्टरनेसनल इमर्जिङ इन्जिनियर अवार्ड’बाट सम्मानित भएकी छन् ।  बेलायतको लिड्समा कार्यरत सेलिना राईलाई बेलायतसहित विश्वभरका इन्जिनियरहरु आबद्ध प्रोफेसनल संस्था ‘इन्स्टिच्युट अफ सिभिल इन्जिनियर’ (आइसीइ)  अवार्ड प्रदान गरेको हो ।

अवार्डका लागि विभिन्न समूहबाट फाइनलमा छनोट भएका प्रतिस्पर्धी इन्जिनियरहरुमध्ये उत्कृष्ट ठहर हुँदै उनले अवार्ड जितिन् । प्रतिस्पर्धाको प्रारम्भिक चरणमा विश्वभरबाट सयौं इन्जिनियरहरुले आफ्नो ‘सिनोप्सिस’ पठाएका थिए । जसमध्ये उत्कृष्ट ४ फाइनालिस्टहरुले प्रस्तुत गरेको ‘फुल पेपर’ को मुल्यांकनपछि सेलिना विजेता बनेकी हुन् ।

प्रतिष्ठित प्रोफेसनल अवार्डसंगै सेलिनाले नगद १५ सय पाउन्ड पुरस्कार समेत पाएकी छन् । बेलायतको लिड्स शहरमा एक ‘स्ट्रक्चरल इन्जिनियर’ का रुपमा कार्यरत छन् सेलिना । आफूले आर्जन गरेको ज्ञान र सीपलाई तिखार्न यो अवार्ड प्रतिस्पर्धाले महत्वपूर्ण भूमिका खेलेको उनले सुनाइन् ।

विश्वभरबाट हालसालै पढाई पूरा गरी काम शुरु गरेका, पढाई पूरा गर्दै गरेका नयाँ एवम् ट्रेनी इन्जिनियरहरुबीच प्रतिस्पर्धामार्फत उत्कृष्ट छनोट हुनेलाई हरेक वर्ष यो अवार्ड दिइने गरेको छ । को’भिड म’हामा’रीका कारण यसपटक फाइनल राउन्डसम्मको पूरै प्रतिस्पर्धा ‘भर्चुअल’ माध्यमबाटै गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *