आइपिएल : यी तिन कारण सन्दीपले खेल्न पाएका छैनन्

आइपिएल : यी तिन कारण सन्दीपले खेल्न पाएका छैनन्

काठमाडौं :  इन्डियन प्रिमियर लिग (आइपिएल) को २३ औं खेल सम्पन्न भैसक्दा पनि नेपाली स्टार क्रिकेटर सन्दीप लामिछानेले एक खेलसम्म खेल्ने मौका पाएका छैनन् । सन्दीपको टोली दिल्ली क्यापिटल्सले शुक्रवार भएको छैटौं खेलमा पनि सन्दीपलाई मौका दिएन,सधैं झैं बेञ्चमै राख्यो । यसरी सन्दीपलाई बेञ्चमै सीमित राख्दा उनका प्रशंसकहरु भने निराश बनेका छन् ।

आइपिएलमा सन्दीपको खेल हेर्न आतुर उनका प्रशंसकहरुको त्यो आतुरी मेट्ने हो वा होइन भन्ने समेत यकीन भन्नसक्ने अवस्था छैन ।
दिल्लीले सन्दीपलाई किन बेञ्चमै सीमित राख्दैछन् त ? सन्दीपका प्रशंसकहरुको मनमा रहेको यो प्रश्नको यकीन जवाफ उनको क्लब दिल्लीसँग वाहेक अरुसँगै शायदै होलान् । तर केही यस्ता फ्याक्टरहरु छन् जसले गर्दा दिल्लीले सन्दीपलाई बेञ्चमै राखेको अनुमान लगाउन सकिन्छ । ती हुन् :

१. अन्तर्राष्ट्रिय खेलाडीको अनिवार्य कोटा
आइपिएलमा खेल्ने क्लबहरुले केही अन्तर्राष्ट्रिय अर्थात विदेशी खेलाडि अनिवार्य रुपमा लिनुपर्ने प्रावधान छ । एउटा टिमले बढीमा ८ जनासम्म विदेशी खेलाडी राख्न् सक्छन् । यसरी अनुबन्धन गरिएका विदेशी खेलाडीहरुलाई क्लबले विभिन्न खेल सेटमा विभाजन गर्दछन् ।

सन्दीपको टिम दिल्लीले यसपटक दक्षिण अफ्रिकी तीव्र गतिका बलरद्धय कगिसो र एनरीच नोर्जे,अष्ट्रेलियन अलराउण्डर मर्कस स्टोइनिस र गाइनिज ब्याट्सम्यान शिमरोन हेटमीरलाई पिचमा उतारिरहेको छ । सन्दीपसँगै बाँकी चार जना विदेशी खेलाडी भने बेञ्चमै बस्न बाध्य भएका छन् । स्टोइनिस र नोर्जेले अहिलेसम्मका खेलहरुमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । त्यसैले दिल्लीले खेलाडी परिवर्तन गर्ने चाहना राख्नुपरेको छैन ।

२. भारतीय बलिया स्पिनरहरु
सन्दीप लामिछाने लेग स्पिनर हुन् । तर दिल्लीसँग आफ्नै देशका बलिया स्पिनरहरु रहेका छन् । अमित मिश्र,अक्सार पटेल र रविचन्द्रन अश्विन हुँदा हुँदै सन्दीपले मौका नपाउनु स्वभाविक हो । यी खेलाडीहरु सन्दीपभन्दा अनुभवी समेत छन् । पटेल ब्याट्सम्यान पनि भएकाले उनी क्लबको प्राथमिकतामा पर्दछन् ।

३ कमजोर बलिङ
बलिङमा पनि सन्दीपभन्दा सशक्त बलरहरु दिल्लीसँग छन् । दिल्लीसँगै रहेका रबाडा विश्वकै फस्र्ट क्लासका बलर हुन् । नोर्जेले पनि दिल्लीलाई सन्तुष्ट बनाइरहेका छन् । त्यस्तै सन्दीपभन्दा बलिया र तीव्र गतिका बलरहरु एशान्त शर्मा र मोहित शर्मा पनि दिल्लीसँग भएकोले सन्दीप बेञ्चमै बस्न बाध्य छन् भन्दा फरक पर्दैन । आवेश खानले पनि खेल्ने मौका पाइसकेका छन् । तर क्लबले अबका खेलमा एकैसाथ तीनजना स्पिनरलाई एकैसाथ खेलाउने रणनीति बनायो भने सन्दीपले मौका पाउने बलियो सम्भावना रहन्छ ।

जनता समाचारबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *