उद्योग बाणिज्य संघ अछामको बैठक सम्पन्न

फागुन ३ अछाम :उद्योग बाणिज्य संघ अछामको बैठक सम्पन्न भएको छ । कार्यवाहक अध्यक्ष महेन्द कडायतको अध्यक्षतामा साफेबगरको होटेल बुडिगंगामा बैठक सम्पन्न भएको छ ।

बैठकले नेपाल उद्योग बाणिज्य महासंघको रास्ट्रय चुनावी साधारणसभामा सहभागी हुनुपर्ने र अछाम उद्योग बाणिज्य संघ अछामको चुनाबका लागि आन्तरिक तयारी पूरा नभएको कारण चुनावी साधारणसभा सारिएको छ, फागुन २३ र २४ गते सम्पन्न गर्ने भन्ने चुनावी साधारणसभा अर्को बैठकको निर्णय नभएसम्मको लागि स्थगित गर्ने साथै साधारणसभाको लागि ब्यवसायिक फर्म नवीकरण र नयाँ फर्म दर्ताको मिति आगामी बैठक सम्मको लागी निरन्तर गर्ने निर्णय गरेको छ ।

महासचीव बम बहादुर रावलले जानकारी दिनु भयो ।
बैठकमा महासंघका सदस्य एवंम बान्निगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काको बिशेश उपस्थिति रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *