आईपीएल: सन्दीपको दिल्लीले कोलकातालाई हरायो

आईपीएल: सन्दीपको दिल्लीले कोलकातालाई हरायो

आईपीएल २०२० अन्तर्गत आज शनिवारको दोस्रो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल विजयी भएको छ  ।कोलकाता नाइटराइडर्ससंग भएको आफ्नो चौथो खेलमा दिल्ली १८ रनले विजयी भएको हो  ।

सानो बाउन्ड्री मानिएको शारजाह क्रिकेट स्टडीयममा भएको खेलमा टस हारेर ब्याटिंग गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै २२८ रन बनाएको थियो । दिल्लीलाई विशाल लोगफल बनाउनमा कप्तान सेयस ऐरले सर्वाधिक ८८ रन बनाएका थिए । त्यस्तै पृथ्वी शाहले ६६, रिसब पन्तले ३८ तथा सिखर धवनले २६ रन बनाएका थिए । बलिंग तर्फ कोलकाताका आन्द्रे रसलले २ तथा कमलेस नगरकोटीले  १ विकेट लिए ।

२२९ रनको विशाल लक्ष्य पछ्याउने क्रममा  कोलकाताका लागि नितेस रानाले ५८, सुभम गिल २८, आन्द्रे रसल १३, इओन मोर्गन ४४ रन र  राहुल त्रिपाठीले ३६ रन बनाए । बलिंग तर्फ दिल्लीका लागि कागीसो रबडा अन्रीच नोर्टेजले ३ तथा हर्सल पटेलले  २  तथा कागीसो रबडा, मार्कुस स्टोनीस र अमित मिश्राले १/१ विकेट लिए ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *