आइपिएल: कोहलीको बेंगलोरद्वारा वार्नरको हैदरावाद पराजित

काठमाडौं: युएइमा जारी  इन्डियन प्रिमियर लिग (आइपिएल) को तेह्रौँ संस्करणमा विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेंजर्स बेंगलोरले विजयी सुरुवात गरेकाे छ ।

आएपिएल अन्तर्गतको तेस्रो खेलमा सनराइजर्स हैदरावादलाइ पराजित गर्दै बेंगलोरले १० रनले विजयी भएको  हाे ।

टस हारेर पहिले ब्याटिंग गरेको बेंगलोरले १६३ रनको मध्यम योगफल बानाएको थियो आइपिएल डेब्यु गरेका देभदत पड्डीकलले सैवाधिक ५६ रन बनाएका थिए । त्यस्तै एबि डेबलियर्सले ५१ रन बनाएका थिए ।

१६३ रनको लक्ष्य पछ्याउने क्रममा पराजित भएको हैदरावादले १५३ रन मात्र बनाउन सक्यो। हैदरावादका लागि जाेनि बिष्टाेले सर्वाधिक ६१ रन बनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *