स्व.अभिनेता इरफानको चिहानमा पुगे साथीहरू, कारण यस्तो रहेछ…

बलिउड अग्रज अभिनेता इरफान खानको यसै वर्ष २९ अप्रिलका दिन नि’धन भएको हो। इरफानका फ्यानहरू आज पनि उनलाई उत्तिकै माया र सम्मानका साथ याद गर्ने गर्दछन्। बलिउडले यी सानदार कलाकारको योगदानलाई सदैव याद गर्ने छ।

हालै इरफानका साथीहरू र फिल्म निर्माता चन्दन राय सन्याल इरफानलाई सम्झिँदै उनको चिहानसम्म पुगेका छन्। उनीहरूले त्यहाँ पुग्दाको अनुभवलाई सामाजिक सञ्जालमा साझा पनि गरेका छन्।

निर्माता चन्दनले सामाजिक सञ्जालमा दुईवटा तस्बिर सेयर गरेका छन्। जसमध्ये एउटा तस्बिरमा चिहानको प्रवेशद्वार देख्न सकिन्छ भने अर्को तस्बिरमा इरफानको चिहान देख्न सकिन्छ। उनले यी तस्बिरको क्याप्सनमा लेखेका छन्, “इरफानलाई मैले हिजैदेखि सम्झिरहेको थिएँ। पछिल्लो ४ महिनादेखि म उसको चिहानसम्म पुग्न पाएको थिइनँ।आज म त्यहाँ पुगेँ। ऊ त्यहाँ एक्लै आराम गरिरहेको छ। त्यहाँ रूख, बिरुवाका अलावा अरू केही छैन। मात्र शान्ति छ। मैले उसको लागि त्यहाँ केही रजनीगन्धा छोडेँ र उसको आशीर्वाद लिएर फर्किएँ।”

कोरोना महामारीका कारण इरफानको अन्तिम यात्रामा उनका फ्यान र साथीहरू उपस्थित हुन सकेनन्। इरफान बलिउडका साथै हलिउडमा पनि सराहनीय काम गरेर आफ्नो अलग पहिचान बनाउन सफल कलाकार हुन्। फिल्मी जगतले उनलाई सधैं याद गर्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *