टिकटकमा भाइरल २ बर्षीय समाईरा थापा रहेको गीत बाहिरियो (भिडियाे)

काठमाडौं : अभिनेता आकाश श्रेष्ठ र नायिका तथा मोडल एलिजा गौतम अभिनित लोकदोहोरी गीत ‘सानु’को भिडियो सार्वजनिक भएको छ । डिएआर मुभिजले बजारमा ल्याएको गीतमा प्रताप दास, समिक्षा अधिकारी र आयुशा गौतमको स्वर रहेको छ । गीतमा कमल सरगमको शब्द, घमेश दुलालको लय, कमल सौरागको एरेन्ज छ ।

प्रभावन जेको निर्देशन रहेको भिडियोमा गुराँस ढकाल र बाल कलाकार समाइरा थापाको पनि अभिनय रहेको छ । भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाईको छायांकन, सन्तोष राजबाहकको कोरियोग्राफी, राजाराम गौतमको सहायक निर्देशन छ ।

याे पनि : लोक स्टार विजेता शनि विश्वकर्माको पहिलो गीत ‘झुम्का झलक्कै’ सार्वजनिक भएको छ । गीतमा लोकप्रिय गायिका बिष्णु माझी र शनि विश्वकर्माको स्वर रहेको छ ।

शिव हमालको शब्द संगीतमा रहेको यस गीतको भिडियोलाई हाइलाइटस नेपालको युट्युब च्यानलबाट डिजिटल बजारमा ल्याएका हुन् ।

गम्भीर बिष्टको निर्देशनमा तयार भएको गीतको भिडियोमा सागर लम्साल ‘बले’, रियासा दाहाल, चक्र बम र गीता ढुङ्गानाको अभिनय रहेको छ ।

नेपालकै पहिलो लोक गायन रियालिटी शो आइ एम ई नेपाल लोक स्टारको उपाधी चुमेसँगै लामो समय गुमनाम रहेका शनि विश्वकर्माको यो पहिलो एल्बम हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *