आन्तरिक उडान साेमबारदेखी खुल्ने, यस्ताे छ भाडादर… (तालिकासहित)

सात महिनापछि खुल्न लागेको आन्तरिक उडानको भाडादर सुरूवाती दरमा खुलेको छ। एयरलाइन्सहरूले सिमित उडान भोलिदेखि खुलाउने निर्णय गरेसँगै सुरूवाती भाडाबाट उडान खुल्ने भएको छ।

सरकारले तोकिदिएको भाडाको तल्लो आधारबाट एयरलाइन्सहरूले भाडादर लिइरहेका छन्।एयरलाइन्सहरूले खुलाएको टिकट बुकिङअनुसार काठमाडौंबाट बाहिरिने यात्रुका लागि तल्लो तहको भाडामा टिकट बिक्री भइरहेको छ।

सरकारले विभिन्न तहका लागि भाडादर तोकिदिएको हुन्छ। जसमा एयरलाइन्सहरूले माग धेरै हुँदा भाडादर बढाउछन् भने थोरै हुँदा घटाउने गर्छन्। तर अधिकतमभन्दा बढी लिन भने पाउँदैनन्।

कोरोनाका कारण बन्द रहेको उडान खुल्दा एयरलाइन्सहरूले खुलाएको अनलाइन टिकट बुकिङमा अघिल्लो वर्षको चाडपर्वको मुखमा काठमाडौंबाट बाहिरिने उडानको भाडादरको तुलनामा यो वर्ष सस्तो देखिएको हो।

यद्यपी यो भाडामा इन्धनको मूल्य तलमाथि हुँदा हेरफेर हुन्छ। यद्यपी यो भाडादर बेलुका वा भोलिसम्म अझै बढ्नसक्छ। यदि बुकिङ सकिन लाग्यो भने भाडा बढ्दै जान्छ। र खाली हुने सम्भावना बढेर गयो भने अझै सस्तो पनि हुनसक्छ।

काठमाडौं देखि देशका विभिन्न स्थानहरुमा सोमबारको लागि तय भएको भाडादरको सूची तल उल्लेख गरिएको छ ।

काठमाडौंबाट विराटनगरको लागि न्यूनतम रु ३,३००, सिमराको लागि २,९०५, जनकपुर र पोखराको लागि २-२ हजार, भैरहवाको लागि २,६००, भद्रपुरको लागि ३,२००, नेपालगन्जको लागि ५,१०५, भरतपुरको लागि २,४०० र धनगढीको टिकट उपलव्ध छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *